प्रख्यात गायिका ब्रिट्नी स्पियर्सकाे बायाेग्राफी आउने भएकाे छ । बायाेग्राफी प्रख्यात प्रकाशक ‘सिमोन एन्ड सुस्टर’ बाट आउनेछ ।
किताबका लागि उनले प्रकाशनसँग सम्झाैता गरिसकेकी छन् । स्पियर्सले १५ मिलियन अमेरिकी डलरमा सम्झाैता गरेकी हुन् ।
सिमोन एन्ड सुस्टरले ब्रिट्नीको जिन्दगीमा लेखिएको किताबको अधिकार आफूले लिइसकेको जनाएकाे छ ।
पुस्तकमा ब्रिट्नीको करियर, सम्बन्ध र पिता जेम्स स्पियर्सको संरक्षकत्वको समयमा गायिकाको जीवनमा आएको उतारचढावलाई लेखिनेछ ।
सन् २०२१ को नोभेम्बरमा ब्रिट्नीले पिता जेम्सको संरक्षकत्वबाट स्वतन्त्रता पाएकी थिइन् । लसएञ्जल्स काउन्टी सुपेरियर कोर्टका न्यायाधीस ब्रेन्डा पेनीले गायिका ब्रिटनीको संरक्षकत्वलाई टुंग्याउने फैसला सुनाएकी थिइन् ।
संरक्षकत्व टुंगिनुअघि ब्रिट्नीका पिताले उनको व्यावसायिक, सामाजिक र आर्थिक निर्णय लिने गर्दथे । संरक्षकत्वबाट मुक्ति मिलेपछि ब्रिट्नी पूर्ण रूपमा आफ्नो सम्पत्तिको आफैं मालिक बनेकी छन् ।
ब्रिट्नी मानसिक रूपमा अस्वस्थ भएपछि सन् २००८ देखि पिता जेम्सले उनको संरक्षकत्वको जिम्मेवारी लिँदै आएका थिए ।
उनले पितामाथि मानसिक शोषण, घरमा बन्द गरेको, पैसा आफैंले राखेको र आफ्नो विवाह तथा सन्तान जन्माउन नदिएको जस्ता गम्भीर आरोप लगाएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।