पल शाह फरार, खोज्दै प्रहरी

प्रहरीबाट पक्राउ पुर्जी जारी भएपछि पल शाह फरार भएका छन् । प्रहरीले एक गायिकामाथि पलले बारम्बार बलात्कार गरेको किटानी उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

पछिल्लो समय पल शाह विभिन्न युवतीसँगको सम्बन्ध बाहिर खुलासा भएपछि यसको व्यवस्थापनमा लागेका थिए । तर, बुधबारको उजुरीपछि पल शाहले अहिले आफ्ना अत्यन्त निकट साथीहरूको सम्पर्कमा पनि छैनन् ।

यसअघि उनले बिहीबार बिहान सामाजिक सन्जाल फेसबुकमा एउटा स्टाटस लेखेका थिए । त्यो स्टाटसमा उनले आफूलाई सहयोग पुग्ने मनासयमा केही अडियो क्लिपहरू पनि अपडेट गरेका छन् ।

झन्डै ४५ मिनेटको अडियो क्लिपहरूमा पलविरुद्ध कुराकानी भएको सुन्न सकिन्छ । पलले यो स्टाटसमा आफूविरुद्ध चार जनाले षडयन्त्र गरेको पनि जनाएका छन् । उनले गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईं उनीविरुद्ध लागेको पनि उल्लेख गरेका छन्। 

पलले सार्वजनिक गरेको अडियोमा दुर्गेश थापालगायतको गायिका समीक्षा अधिकारीसँगको छलफल सुन्न सकिन्छ । उनीहरूले समीक्षालाई कसरी पलसँगको बिग्रिएको सम्बन्धलाई व्यवस्थापन गर्ने भन्ने विषयमा सिकाएको सुन्न सकिन्छ । 

अडियोहरू सुन्दा पलले समीक्षालाई पहिले विवाह गर्छु भनेर आश्वासन दिएको तर पछि धोका दिएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ ।



पलले यो स्टाटस र यी चार अडियोहरू सामाजिक सन्जालमा राखेपछि उनका प्रशंसकले उनको पक्षमा लेखिरहेका छन् । तर, उनले प्रमाण भनेर राखेका यी अडियो क्लिपले उनलाई मुद्दाबाट जोगाउन सक्ने भन्ने देखिँदैन । 

नेपालको कानुनले सहमतिमा नै भए पनि १८ वर्षमुनिका युवतीसँग सम्बन्ध राख्दा बलात्कार मान्छ। त्यसैले यो मुद्दामा पल शाह दोषी देखिने आधार बलियो भएको छ ।



यही विषयमा बुधबार दिउँसो तनहुँ प्रहरीमा समीक्षाका बाबुआमाले किटानी उजुरी दिएका थिए । उजुरी परेलगत्तै प्रहरीले पललाई पक्राउ गर्न परिपत्र जारी गरेको छ ।

यसअघि पलले आफैं प्रहरीमा जाने विषयमा छलफलसमेत गरेका थिए । तर, यो मुद्दामा आफू कमजोर देखिने निष्कर्ष निकालेसँगै उनी अहिले कसैको पनि सम्पर्कमा आएका छैनन् । उनलाई प्रहरीले फरार भएको भन्दै खोजी सुरु गरेको छ ।


  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १४:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया