समयमै उपचार नपाएर मोटरसाइकल दुर्घटनाका घाइतेको ज्यान गयो
फाइल तस्वीर

धनुषामा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवकको समयमा उपचार नहुँदा मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका जनकपुरधाम उपमहानगरपालिका–१२ कुवा बस्ने ३० वर्षीय सन्दीप यादवको समयमा उपचार हुन नसक्दा मृत्यु भएको हो । 

बुधबार राति आफ्ना साथीहरूसँग मोटरसाइकलमा सवार भई घर जाँदै गर्दा यादव सवार मोटरसाइकल दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । 

यादवलाई उनका साथीहरूले अस्पताल नलगी घर लगेका थिए । उनलाई अस्पताल पुर्या‍उनुपर्नेमा मोटरसाइकल चालकले घरमै लगेर राखिदिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।

डीएसपी बस्नेतले घाइतेलाई अस्पताल पुर्याउनुपर्नेमा राति ११ बजेतिर उनका साथीले घरको बरण्डामा लगेर छोडिदिएको बताए ।

डीएसपी बस्नेतले भने,‘तीन जना सवार भएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा यादव गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्याउनुपर्नेमा साथीहरूले घरको बरण्डामा लगेर छोडिदिएका रहेछन् ।’



राति १ बजेतिर घरका सदस्य उठेपछि सन्दीपलाई घाइते अवस्थामा देखे पछि उपचारका लागि बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको डीएसपी बस्नेतले जानकारी दिए ।

प्रहरीले यादवलाई घरमा लगेर छाडिदिने मोटरसाइकल धनीलाई नियन्त्रणमा लिइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १७:४७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया