काठमाडौं– विद्यमान सहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौं महानगरले बुधबारबाट स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८ (स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा २०७५) कार्यक्रम सुरु गरेको छ ।
अवसरको अभावमा विकल्प सोचेर बसिरहेका युवालाई स्वदेशमा काम गर्न सकिन्छ भन्ने आशा जगाउन र उद्यमशीलता प्रवर्द्धन गर्न सक्ने सामूहिक प्लेटफर्मका रुपमा कार्यक्रम सुरु गरिएको महानगरले बताएको छ ।
‘हाम्रो काठमाडौं, हामी बनाउँछौं’ नारा दिइएको प्रतिस्पर्धाको शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ‘काठमाडौं च्यालेन्ज डट ओआरजी’ वेबपेज समेत सार्वजनिक गरे ।
हरेक नेपाली नागरिक स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्जमा सहभागी हुन सक्ने महानगरले बताएको छ । ६ चरणमा सम्पन्न हुने प्रतिस्पर्धामा ४ वटा मुख्य विषय छन् ।
६ महिना लामो यो प्रतिस्पर्धामा सहभागी हुनेले स्मार्ट सिटीको आफ्नो अवधारणा ३० पुसभित्र महानगरले आजै सार्वजनिक गरेको वेबपेजमा दर्ता गराउनुपर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।