चन्द्रागिरिमा माइक्रोमा मोटरसाइकल ठोक्किँदा एक किशोरको मृत्यु

काठमाडौंको चन्द्रगिरि नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाट रहेका छन् । बिहीबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

चेकपोष्टबाट चन्द्रागिरि जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोक्किएको थियो । 

दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।  





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १०:४३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया