नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ आजदेखि सिनेमाहलमा लाग्दैछ । काेराेनाकाे तेस्राे लहरपछि पहिलाेपटक नयाँ चलचित्र सिनेमाहलमा लाग्न लागेकाे हाे ।
चलचित्र सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् । चलचित्रमा पल शाह र पूजा शर्माकाे मूख्य भूमिका रहेकाे छ । प्रस्तुत चलचित्र ‘म यस्तो गीत गाउँछु’ काे सिक्वेल हाे । ‘म यस्तो गीत गाउँछु’ ले राम्राे कमाइ गरेकाे थियाे ।
तर, यस सपटक भने माहोल अलि फरक देखिएको छ । चलचित्रका अभिनेता पल शाहविरुद्ध एक गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी परेको छ ।
सोही कारण पल शाहको जुन लोकप्रियता छ त्यसमा यो काण्डले असर गर्ने र चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ ।
यो कुरालाई निर्माता एवं अभिनेत्री पूजा शर्माले पनि स्वीकारेकी छन् । उनले आफ्नो टिमप्रति कालो छायाँ परेको र कसैको आँखा लागेको टिप्पणी गरेकी छन् ।
चलचित्रले अघिल्लाे पटकजस्ताे सफलता हात पार्ने कुरा समयले नै बताउला ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।