माओवादी केन्द्रले सरकारबाट मन्त्रीहरु आजै फिर्ता बोलाउने

नेकपा माओवादी केन्द्रले सरकारबाट आफ्ना मन्त्रीहरुलाई आजै फिर्ता बोलाउने तयारी गरेको छ । पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसीबारे सत्ता नेतृत्व गरिरहेको दल नेपाली कांग्रेससँग मत बाझिएपछि नेकपा माओवादी केन्द्र सरकारमा रहिरहन नैतिक संकटमा छ ।

सरकारबाट कहिले बाहिरिने भन्ने विषयमा अहिले नेकपा माओवादी केन्द्रका नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् । विहानैदेखि भएको यो छलफलले आजै मन्त्रीहरुलाई सरकारबाट राजीनामा दिन लगाउने तयारी गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

यसअघि बिहीबार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज (शुक्रबार) नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका थिए । 

नेकपा माओवादी केन्द्रले यसअघि संसदीय दलको बैठकबाट एमसिसी संसदमा टेबल भएको खण्डमा सरकारमा नरहने र गठबन्धनबाट अलग हुने निर्णय गरेको थियो । 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसी फेल गराउने रणनीतिका साथ योजना बनाएका छन् । उनीहरुले सरकारको प्रस्तावलाई फेल गराउने रणनीति बनाएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले एमसिसी पारित गर्न नेकपा एमालेसँग सहकार्यको प्रस्ताव गरेका छन् ।

आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौताबारे छलफल गर्ने कार्यसूची रहेको छ ।






  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार ११:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया