पललाई पक्रन सबै प्रहरी युनिटलाई प्रधान कार्यालयको सर्कुलर
फाइल तस्वीर

अभिनेता पल शाहलाई समाउनका लागि प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई सर्कुलर गरेको छ । जबरजस्ती करणीको उजुरी परेपछि फरार रहेका अभिनेता शाहलाई पक्रन प्रहरीले आन्तरिक सर्कुलर गरेको हो ।

शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेको छ । बुधबार एक नाबालिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीका अनुसार जाहेरी दर्तापछि शाहलाई खोज्न सबै प्रहरी कार्यालयलाई निर्देशन पठाइएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखाले अभिनेता शाहको खोजी गरिरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर र उपत्यकाका सबै वृत्तहरू पनि उनको खोजीमा सक्रिय रहेको बताइएको छ ।






  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १५:३४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया