देउवा-प्रचण्डको बालुवाटार छलफलमा अर्थमन्त्री शर्मा पनि मिसिए
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा पनि मिसिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भइरहेको छलफलमा अर्थमन्त्री मिसिएका हुन् ।

बिहीबारको संसद्को कार्यसूचीमा अर्थमन्त्रीले एमसिसीमाथि छलफल गर्ने विषय समेटिएको थियो । त्‍यसको अघिल्लो दिन अर्थमन्त्री शर्मा पर्वत पुगेका थिए ।

उनी बिहीबार पनि त्यही नै थिए । शुक्रबारका लागि सारिएको संसद् बैठकको कार्यसूची पनि त्यही थियो ।

शुक्रबार फेरि सरकारको आग्रहमा सभामुख अग्नि सापकोटाले आइतबारसम्मका लागि संसद् बैठक स्थगित गरेका छन् ।

यता सत्ता गठबन्धनका शीर्ष नेताहरूले छलफललाई तीव्रता दिएका छन् ।



शुक्रबार एमसिसी र सत्ता गठबन्धनकलाई बचाइराख्न भन्दै प्रधामन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी माधव नेपालबीच छलफल भइरहेको छ ।

उनीहरूले प्रधानमन्त्रीलाई छुट्टाछुट्टै भेटवार्ता समेत गरेका छन् ।



  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १७:०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया