प्रचण्डले देउवालाई भने– एमसिसी पारित गरौँ, गठबन्धन पनि कायम राखौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मिलेर जाने प्रस्ताव राखेका छन् । 

शुक्रबार दिउँसो देउवा भेट्न बालुवाटार पुगेका प्रचण्डले आफूहरु एमसिसी पारित गर्न तयार रहेको बताएका छन् । 

उनले संसदमा एमसिसी निर्णायर्थ प्रस्तुत हुँदा आफूहरु उपस्थित नहुने बताएका छन् । उनले नेकपा एकीकृत समाजवादी पार्टीले पनि यही गर्ने देउवालाई बताएका छन् । 

आफूहरु संसदमा उपस्थित नहुँदा उपस्थित सांसदको संख्याको बहुमतले एमसिसी पारित हुने भएकाले गठबन्धन नभत्काउन प्रचण्डले देउवासँग अनुरोध गरेका छन् । 

यसअघि प्रचण्डले सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए । त्यसो त आज विहान मात्रै नेपालले पनि देउवासँग भेटेका थिए ।

प्रचण्डको यो प्रस्तावको जवाफमा देउवाले केही बताएका छैनन् । उनले आफूनिकट नेताहरुसँग यसबारे छलफल सुरु गरेका छन् ।



यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसिसी पारित गर्न नदिने अडान लिएपछि प्रधानमन्त्री देउवाले सहकार्यका लागि नेकपा एमालेसँग वार्ता अगाडि बढाएका थिए । देउवाले गठबन्धन फुटाएर भए पनि एमसिसी पारित गर्ने रणनीति बनाएका छन् ।



  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १७:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया