पल शाहको अन्तिम लोकेसन ‘बालकुमारी’, प्रहरी खोज्दैछ

अभिनेता पल शाहको खोजी प्रहरीले थप तीव्र बनाएको छ । तर, उनी अहिलेसम्म फेला पर्न सकेका छैनन् । गत बुधबार तनहुँमा एक नाबालिग किशोरीले आफूलाई जबरजस्ती करणी गरेको भन्दै पलविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

बुधबार दिउँसोबाट नै पलको खोजी प्रहरीले सुरु गरेको हो ।

बुधबार साँझ कीर्तिपुरमा उनी अभिनित फिल्मको प्रिमियरमा उनी जाने कार्यक्रम थियो । त्यहाँबाट नै प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर, प्रहरीमा आफूविरुद्ध उजुरी परेपछि उनी त्यहाँ गएका थिएनन् ।

बिहीबारबाट देशभरका प्रहरीलाई पल शाहलाई पक्राउ गर्न सर्कुलर पनि जारी गरिएको छ ।

बुधबारबाट पलको खोजी गरेको प्रहरीले उनको घरमा मात्र होइन, उनका साथीहरुको घरसमेत खोजतलास गरेको छ । तर, उनी फेला पर्न सकेका छैनन् । 

पलले आफूले प्रयोग गर्ने मोबाइल पनि अफ गरेका छन् । उनको मोबाइल अन्तिम पटक बुधबार राति साढे १० बजे बालकुमारीमा देखिएको प्रहरीले जनाएको छ ।



प्रहरीले मोबाइल अन भएको ट्रेस गरेपछि उनी रहेको हुनसक्ने स्थानको खोजी भन्दै बालकुमारीसमेत पुगेको थियो । तर, त्यहाँ पनि उनी भेटिएनन् ।




  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार २३:४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया