आइसिसी टि-२० वरीयतामा नेपालको दुई स्थान सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टि-२० वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ ।  

आइसिसीले शुक्रबार जारी गरेको नयाँ वरीयतामा १८६ रेटिङ प्वाइन्टका साथ नेपाल १३ औं स्थानमा छ । यसअघि नेपाल १५ औं स्थानमा थियो ।

२६९ रेटिङ प्वाइन्टका साथ भारत शीर्ष स्थानमा रहँदा समान रेटिङ प्वाइन्ट भए पनि इंग्ल्याण्ड दोस्रोमा छ । 

पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इन्डिज अफगानिस्तान, बंगलादेश र श्रीलंका क्रमशः तेस्रोदेखि १० औं स्थानमा छन् । 

एक दिवसीयतर्फ भने नेपाल १६ औं स्थानमा छ ।  





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार ११:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया