दुर्घटनामा वाईसीएलका स्वास्थ्य विभाग प्रमुख पौडेलेको मृत्यु

नेकपा माओवादी केन्द्रनिकट योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलको दुर्घटनामा परि निधन भएको छ ।

पौडेल हिजो फागुन १३ गते पुतलीबजारमा वाईसीएल नेपाल स्याङ्जाको जिल्ला समितिको बैठक सकेर साँझ करिब ६ बजेतिर पोखरा फर्किँदै गर्दा भालु पहाडमा दुर्घटनामा परेका थिए ।

मोटरसाइकलमा एक्लै गइरहेको बेला दुर्घटनामा परेका पौडेल भीरबाट खसेकाे भए पनि घटनाबारे तत्कालै कसैलाई खबर भएकाे थिएन ।

वाईसीएल जिल्ला नेता तिलक रुचालले दिएकाे जानकारीअनुसार अन्य कोही व्यक्ति उनीसँग नभएको हुँदा पौडेलका बारेमा हिजोदेखि कुनै खबर प्राप्त हुन सकेको थिएन ।

अहिले इन्सपेक्टर पदम थापा नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।

थापाले जनाएअनुसार, हिजो साँझ साढे पाँच बजेतिर पुतली बजारबाट पोखरा जाने क्रममा भालु पहाडको सडक बिस्तार भइरहेको खण्डमा चिप्लिएर मोटरसाइकल दुर्घटना भएको हो । 'कच्ची बाटो र पानी परेको बेला भएकोले सडक दुर्घटना नै देखिन्छ' थापाले भने ।



प्रहरीले अहिले मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको थापाले बताए ।

थापाका अनुसार, पौडेलको शव सडकबाट डेढ सय मिटर तल चट्टानमा अड्किएको अवस्थामा फेला परेको छ भने उनी चढेका बाइक त्योभन्दा ५० मिटर तल खसेको छ । पौडेल फेदीखोला गाउँपालिका निवास हुन् ।
 



  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १५:२६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया