पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रचनामा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
ओलीको रचनामा रहेको स्वदेश गानमा गायक मदनगोपालले स्वर र संगीत भरेका छन् । उनलाई समूह गायनमा मौना थापा र मीना पाण्डेले साथ दिएका छन् ।
म्युजिक भिडियो युट्युब च्यानल ‘बिजी म्युजिक’मार्फत् सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा सुशान्त गजुरेलले साउण्ड एरेन्ज गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।