नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीले शनिबार हेटौंडामा पद तथा गोपनीयताको शपथ लिएको छ । ८१ सदस्यीय कमिटीलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपालीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।
शपथलगत्तै भएको नगर कमिटीको प्रथम पूर्ण बैठकले नगर अधिवेशनबाट चयन हुन बाँकी दुई उपाध्यक्ष र सचिव चयन गरेको छ । बैठकले उपाध्यक्षमा प्रदीप अर्याल र गुणराज घिमिरे (शंकर) र सचिवमा भुवन खनाललाई चयन गरेको हो ।
यसअघि भएको अधिवेशनबाट अध्यक्षमा तीर्थ थापा, उपाध्यक्ष सोनी गुरुङ, सहसचिव राजकुमार बानियाँ र कोषाध्यक्ष तारादेवी मोक्तान चयन भएका थिए । बैठकले २७ सदस्यीय नगर सचिवालय पनि गठन गरेको छ ।
शपथ ग्रहण तथा प्रथम पूर्ण बैठक नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य नेपालीको प्रमुख आतिथ्य तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका उपाध्यक्ष प्रेमबहादुर पुलामीको विशेष आतिथ्यमा भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका संयोजक सक्रेश घलान (मधु), सचिव भीम पाख्रिन, मकवानपुर १ नम्बर निर्वाचन क्षेत्रका इन्चार्ज ललित घलान, १(क)की इन्चार्ज लक्ष्मी पाख्रिन (डोल्मा), हेटौंडा उपमहानगरकमिटी इन्चार्ज विवेक राई, नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिनलगायत अतिथि थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।