पल शाहका सम्बन्धमा बोल्यो चलचित्र कलाकार संघ

नेपाल चलचित्र कलाकार संघले अभिनेता पल शाहका सम्बन्धमा आएका समाचार र सन्दर्भमा संघको ध्यान आकृष्ट भएको जनाएको छ ।

सो विषय, घटना र सन्दर्भ कानुनी उपचारमा रहेकाले चलचित्र क्षेत्र र कलाकारलाई दोषारोपण गर्दै विभिन्न लाञ्छना लगाई वादविवादको सिर्जना गर्नु र एक आपसमा लाञ्छना लगाउनु दुःखद रहेको संघको छ ।

त्यस सम्बन्धमा नेपालको कानुनले सम्बन्धित निकाय मार्फत निर्क्योल र निष्कर्ष निकाल्ने र दोषीलाई सजाय दिने भन्दै संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत जीवन,पेसा र व्यवसाय फरक–फरक कुरा हुन । व्यक्तिको विषयलाई लिएर पेसा र व्यवसायलाई आक्षेप लगाउँदै फलानो चलचित्रमा फलानो छ भन्दै दोषारोपण गर्नु खेदजनक छ ।’ 

‘एउटा चलचित्रमा कलाकार मात्र हैन, अरू पेसाकर्मी र लगानीकर्ताको पनि महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भनेका छन्, ‘चलचित्रमा काम गरेको एउटा व्यक्तिको विषयसँग चलचित्र, पेसा र व्यवसायलाई जोडेर चलचित्र क्षेत्रलाई बदनाम गराउने, जनमानसमा दुस्प्रचार गर्ने खालका क्रियाकलाप नगरी दिनहुन हामी सबैमा विनम्र अनुरोध गर्दछौँ ।’





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार २०:५३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया