जुनुको कविता संग्रह  ‘समयको कठघरा’ लोकार्पण

कविता संग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ । कवि जुनु खड्काद्वारा लिखित कविता संग्रहको शनिबार लोकार्पण गरिएको हो ।

शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन् । उनले देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए । ‘समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहन्छ’, उनले भने ।

कविहरूले राज्यको प्रतिपक्षीय चेतनालाई विस्तार गर्नुपर्नेमा उनको जोड छ । कवि खड्का अगाडि भन्छन्, ‘कविहरूले सत्ताको गीत गाउन जुन दिनदेखि सुरु गर्छन्, त्यो दिन देश ध्वस्त हुन्छ । त्यो ग्यारेन्टी हो । कविहरूले गर्ने भनेको प्रश्न हो । समाज सुधारका लागि प्रतिरोध गर्न आवश्यक छ ।’ राज्यले साहित्यलाई अनुत्पादक क्षेत्र भन्दै लगानी गर्न नचाहेको उनको आरोप छ । 

लोकार्पण गरिएको कविता संग्रहमा ५० वटा कविता समावेश गरिएको छ । जीवनचक्रमा देखेका सुनेका र भोगेका विषयवस्तुलाई सिर्जना गरेर कविता संग्रह तयार पारेको स्रष्टा खड्काले बताइन् । 

कोरोना महामारीले आक्रान्त बनाएर लामो समय विद्यालय बन्द भएर घरमा थुनिएको बेला सिर्जित कविताहरू संग्रह तयार पारेको उनले बताइन् । विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा फुटकर कविता लेख्ने खड्काको यो पहिलो कविता संग्रह हो । उनी पेसाले शिक्षक हुन् ।  





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार २१:२६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया