बझाङको बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा बुंगल नगरपालिका–३ का ३८ वर्षीय जयबहादुर बोहरा रहेका छन् । दुर्घटनामा सोही ठाउँका अन्दाजी ३९ वर्षीय हर्कबहादुर बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।
शनिबार बेलुका ५ बजे घर निर्माणको लागि काठ बोकेर खोल्लेक जानेक्रममा बुंगल–रन्लेम सडक खण्डको जुमेपानीमा से १ च १४४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका बोहराको देउलेक प्राथमिक स्वस्थ्य केन्द्र उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते हर्कबहादुरको अवस्था सामान्य रहेको छ । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।