व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना पारित गर्ने निर्णय गरेको छ । यसअघि एमसिसी संसदमा टेबल भए पनि आफूले सत्ता गठबन्धन छाड्ने निर्णय गरेको माओवादी केन्द्रले आइतबार विहान यो निर्णय गरेको हो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । खुमलटारमा आइतबार विहानबाटै माओवादी केन्द्रका शीर्ष नेताहरु बैठकमा थिए ।

माओवादी केन्द्रको यो निर्णय आएसँगै आज बस्ने प्रतिनिधिसभा बैठकबाट एमसिसी पारित हुने सम्भावना बलियो भएको छ । 

एमसिसीकै विषयमा छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १०:४१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया