नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ १७ पैसा बिक्री दर १२० रुपैयाँ ७७ पैसा कायम गरेको छ ।
युरोपियन युरो एकको खरिद दर १३४ रुपैयाँ ३६ पैसा र बिक्री दर १३५ रुपैयाँ तीन पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६० रुपैयाँ ७८ पैसा र बिक्री दर १६१ रुपैयाँ ५८ पैसा छ । स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ७५ पैसा र बिक्री दर १३० रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५३ पैसा र बिक्री दर ८६ रुपैयाँ ९६ पैसा छ । क्यानडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३१ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ तीन पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिद दर दर ३२ रुपैँया तीन पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा छ भने कतारी रियाल एकको खरिद दर दर ३२ रुपैयाँ ८१ पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।