काठमाडौं– राष्ट्रिय प्रजातन्त पार्टी (राप्रपा) ले केही समययता पुँजीबजारमा भएको हलचलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले सेयर लगानीकर्ताको जारी दबाब र अनशनप्रति ऐक्यबद्धतासमेत जाहेर गरेको छ ।
सरकारको गलत नीतिका कारण पुँजीबजारमा हलचल आएको र यसले सर्वसाधारणको ठूलो लगानी जोखिममा पर्न सक्ने खतरा देखिएको भन्दै राप्रपाले चिन्ता व्यक्त गरेको छ ।
बिहीबार प्रेस नोट जारी गर्दै पार्टीले आफ्नो लगानी सुरक्षित राख्न सेयर लगानीकर्ताहरु संगठित भई दबाब दिनुपर्ने र अनशनसमेत बस्नुपर्ने अवस्थाको सिर्जना हुनु अर्थतन्त्रको शुभ सूचक नभएको उल्लेख गरेको छ ।
पुँजीबजारको अवस्थालाई सामान्य पार्दै सर्वसाधारण र सेयर लगानीकर्ताको हित र अधिकारप्रति समयमै गम्भीर बन्न तथा समस्याको समाधानका लागि आवश्यक पहलकदमी लिन उसले सरकारसँग माग गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।