पल आज आफैँ प्रहरीसामु उपस्थित हुने

एक किशोरीले जबरजस्ती करणीको उजुरी दर्ता गरेपछि फरार रहेका अभिनेता पल शाह आज आफैँ प्रहरीसमक्ष उपस्थित हुने भएका छन् । उनले आज फेसबुकमार्फत आफैँ प्रहरीसमक्ष उपस्थित हुने जनाएका हुन् । 

पलले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको, घरको सबै घर व्यवहार मिलाउनु परेको र चलचित्र ‘म यस्तो गित गाउँछु-२’ मा असर नपरोस् भनेर आफू समयमै प्रहरीसमक्ष उपस्थित हुन नसकेको पनि उल्लेख गरेका छन् । 

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु,’ पलले लेखेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु म आफैँ उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’  






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ११:२५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया