माओवादीका दुई सांसद पनि एमसिसीको मतदानमा सहभागी नहुने

आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसिसी सम्झौता पारित हुने भएको छ । लामो समयसम्म एमसिसीको विरोधमा रहेका दुई सत्तारुढ पार्टीले एमसिसी पारित गर्ने सहमति गरेसँगै आज संसदबाट पारित हुने भएको हो ।  

आज हुने मतदानमा सत्तारुढ माओवादी केन्द्रका दुई सांसदले भने भाग नलिने भएका छन्। सांसदहरू गिरिराजमणि पोखरेल र अन्जना विशंखेले मतदान भाग नलिने भएका हुन् । 

माओवादी केन्द्रको आजै बसेको संसदीय दलको बैठकले एमसिसी व्याख्यात्मक टिप्पणीसहित  पारित गर्ने निर्णय गरेको थियो। सो निर्णय आएसँगै उनीहरूले यसबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी दिइसकेका छन्।

पार्टीले निर्णय गरे पनि एमसिसीको छलफलमा सहभागी माओवादी सांसदहरूले एमसिसी सम्झौताको विरोध गरेका छन्।





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १८:४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया