पल शाहलाई सात दिन हिरासतमा राख्न अनुमति
फरकधार / १५ फागुन, २०७८

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह अब सात दिन हिरासतमा रहने भएका छन् । आज अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।



आइतबार उनी तनहुँ जिल्ला प्रहरी कार्यायमा आत्मसमर्पण गर्न पुगेका थिए । 

गत बुधबार उनीविरुद्ध तनहुँमा किटानी जाहेरी परेको थियो । त्यसपछि फरार रहँदै आएका शाह आज आफैं प्रहरीका पुगेका हुन् ।



उनीमाथि एक नाबालिग गायिकालाई करणी गरेको उजुरी परेको थियो । 



पलविरुद्ध आइतबार पनि ती नाबालिगले गैंडाकोटमा अर्को उजुरी हालेकी छिन् ।


  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २३:५३:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया