इन्जिनियर्स एसाेसिएसनको निर्वाचन अाज

काठमाडौं- नेपाल इन्जिनियर्स एसाेसिएसनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन सुरु भएको छ । केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६/१६ पदका लागि चुनाव हुन लागेको हो । एसाेसिएसनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ । 

निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक समूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदै छ । लोकतान्त्रिक समूहबाट केन्द्रीय कार्यकारिणी समितिमा इन्जिनियर प्रा हीरेन्द्रमान शाक्य अध्यक्ष पदका उम्मेदवार छन् । सो समूहबाट उपाध्यक्षमा डा. चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्युलाल सिंह, उपमहासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी र सहकोषाध्यक्षमा जानुका थापा चुनावी मैदानमा छन् । 

प्रगतिशील समूहबाट अध्यक्षमा प्रा. डा. त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा आषिश घिमिरे, महासचिवमा छविलाल पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामइकवाल यादव, सहकोषाध्यक्षमा इ चाँदमाला श्रेष्ठ उम्मेदवार छन् ।  

दुवै समूहले व्यावसायिक हकहितका बारेमा घोषणापत्र पनि जारी गरेका छन् । घोषणापत्रमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा, इन्जिनियरको सेवासुविधा तथा क्षमताको अभिवृद्धि, सम्मानजनक रोजगारी, इन्जिनियरिङ सम्बद्ध निजी क्षेत्रको विकास र हकहितसहित विविध विषयहरु उठाइएका छन् । दुवै समूहले प्रदेशस्तरमा पनि समूहगत नै उम्मेदवार उठाएका छन् । बिहान ८ बजे सुरु भएको मदतान अपराह्न ५ बजेसम्म निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार १०:५८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया