अमिताभ बिरामी, प्रशंसक भए चिन्तित

बलिउडमा महानायक पनि भनिने अभिनेता अमिताभ बच्चनको उमेर अब ८० वर्ष पुग्न थालेको छ । तर, यो उमेरमा पनि उनले काममा चाहिँ कुनै कम्प्रोमाइज गरेका छैनन्।

उनी आजभोलि पनि दैनिक १२ घन्टा काममा खटिएका हुन्छन् ।

यहीबीच उनले आइतबार राति एउटा ट्विट गरेका छन् । ट्विट गरेर आफ्नो स्वास्थ्य बिग्रिएको जानकारी उनले दिएपछि उनका प्रशंसक चिन्तित भएका छन् ।

‘मुटुको धड्कन बढ्न लागेको छ’, उनले लेखेका छन्, ‘आशा छ, सबै ठिक हुन्छ ।’

उनले ट्विटरमा यतिमात्र के लेखेका थिए, उनका प्रशंसक उनको स्वास्थ्यको कामना गरिरहेका छन्। 
 





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १५:४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया