नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई सम्झिएका छन् । उनले गत वर्ष ओली प्रधानमन्त्री हुँदा अलोकतान्त्रिक कदम चालेको बताएका हुन् ।
एमसिसी पारित भएपछि पत्रकार सम्मेलन गर्दै प्रचण्डले ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
ओलीकै कारण संविधानको रक्षा हुन नसकेको भन्दै आफूहरूले अहिले नयाँ गठबन्धन बनाउन परेको उनकाे भनाइ छ ।
उनले लोकतन्त्रको रक्षा, संविधानको रक्षा र राष्ट्रियताको रक्षाको उद्देश्यले आफूहरूले गठबन्धन बनाएको पनि स्पष्ट पारे ।
उनले एउटा अवस्थाबाट गुज्रिँदै आफूहरू अगाडि बढेको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।