नारायणकाजीलाई प्रचण्डले भने- एमसिसी राम्रो चिज हो भन्नेमा म छ्याङ्ङ छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई एमसिसीको विरोध गरेकै भरमा जनता र कार्यकर्ताले साथ नदिने बताएका छन् । 

एमसिसी सम्झौता संसदबाट अनुमोदन भएपछि सोमबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘नारायणकाजी कमरेडले राख्नुभयो, तपाईंले मतभेद राख्न पाउनुहुन्छ । त्यसमा केही आपत्ति हुँदैन, सम्मान नै गर्छु भनेको थिएँ । तर, अहिले म छ्याङ्ङ भएको छु, यो राम्रो चिज हो भन्नेमा ।’

उनले अघि थप प्रष्ट पार्दै भने, ‘तपाईंलाई लागेको कुरा पार्टीको केन्द्रीय समितिमा राख्नुस् भन्नुभएको थियो तर, उहाँ बाहिर जानुभयो । उहाँलाई लागेको होला, यो भनेपछि भएजति सबै कार्यकर्ता मैतिर आउँछन् भन्ने लागेको होला । अझै पनि केन्द्रीय समितिमा नै व्यवस्थित रूपमा आफ्नो विचार राख्नुस् ।’

यदि विरोध गरेकै भरमा जनता आफूतिर आउने भने प्रेम सुवालको पछाडि पूरै देश हुने उनले बताए । 

‘एमसिसीको विरोध गर्नेबित्तिकै सबै जनता एकातिर आउने भए त हाम्रो बिचरा प्रेम सुवाल लगातार मुर्दावादका मुर्दावाद गर्नु भएकाे छ । पूरा नेपाल त्यता जानुपर्ने । अरू छन् नि मुर्दावाद कि मुर्दावाद भन्नेजति त सबै उता लाग्नुपर्ने । त्यस्तो हुँदैन’, उनले भने ।

प्रचण्डले महाकाली सन्धिमा वामदेव गौतमको अवस्था उतार्दै भने, ‘महाकालीमा बिचरा राष्ट्रघात भयो भनेर वामदेवजी एमालेको आधा केन्द्रीय लिडर लिएर जानुभयो । भोट आउने बेलामा जिरो, एउटा पनि जित्नुभएन ।’





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १६:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया