पाँचौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ देखि २१ गतेसम्म

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । यस महोत्सवमा ३८ देशका ८९ चलचित्रबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट गरिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रको ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । 

कार्यक्रममा बोल्दै अभिनेता नीर शाहले महोत्सव पहिलो संस्करणभन्दा यता परिष्कृत भएर आइरहेको बताए । यस महोत्सवले नेपाली चलचित्रको क्षेत्रलाई थप शिक्षित बनाएको पनि उनले बताए । 

अभिनेता शाहले भने, ‘पहिलो संस्करणमा यसले असाध्यै धेरै संघर्ष गर्नुपरेको थियो । तर, दोस्रो संस्करणमा आइपुग्दा यसले आफूलाई अझ बढी परिष्कृत फम्र्याटमा प्रस्तुत गर्न सफल भयो । यसले हामीलाई धेरै शिक्षित र दीक्षित बनाएको छ ।’

यसपटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन हुने र अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ । यो महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ । 

महोत्सवमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम पनि आयोजना गरिनेछ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजनामा हुन लागेको यो महोत्सव पाचौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो ।  





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार २२:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया