माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्षमा हरिराम चौधरी विजयी

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका मानबहादुर धामीलाई हराउँदै अध्यक्षमा चौधरी विजयी भएका हुन् ।

माओवादीले निर्वाचनबाट पहिलोपटक नेतृत्व चयन गरेको हो । प्रदेश सम्मेलन उद्घाटन भएको ३ महिनापछि सोमबार निर्वाचन प्रणालीमार्फत माओवादी सुदूरपश्चिमले अध्यक्ष पाएको हो । प्रदेश निर्वाचन समितिका अनुसार खसेको २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी भए । धामीले ९३ मत मात्र प्राप्त गरे । 

त्यस्तै, माओवादीले अन्य ८ जना पदाधिकारी पनि टुंगो लगाएको छ । प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर विजयी भएका छन् ।

सचिवमा जनक बुढा, सह–सचिवमा नन्दबहादुर साउद राजेन्द्र, रामबहादुर देवकर र अञ्जिता श्रेष्ठ चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा कमलकुमारी शाह विजयी भएका छन् । 

निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मंसिरमा अध्यक्ष पदका आकांक्षीहरू धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २२३ जना सदस्य मात्रै छनोट गरेको थियो ।  





  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार ८:२३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया