पलबारे वकालत गरिरहेकी पूजा भन्छिन्– ऊ त्यस्तो केटा होइन

नाबालिग बलात्कार घटनामा पक्राउ परेको अभिनेता पल शाहको पक्ष र विपक्षमा पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरु खुलेर कुरा गर्न थालेका छन् । यो घटनामा सुरुदेखि नै पलको पक्षमा देखिएकी छिन्, अभिनेत्री पूजा शर्मा ।

अब पूजाले कतिसम्म भनेकी छिन् भने यो घटनामा नाबालिकले मम सानी छु भनेर सोच्नु पर्ने थियो ।

‘पलले आएर कपडा च्यातिदिने, जबर्जस्ती गर्नेजस्तो मलाई लाग्दैन,’ अहिले सामाजिक सन्जालमा आएको एक भिडियोमा पूजाले भनेकी छिन्, ‘अहिलेसम्म मैले बलात्कारै बुझेको थिइनँ, अब बुझ्दै गएकी छु ।’

पल र पूजाको अभिनय रहेको फिल्म अहिले हलमा लागिरहेको छ । यो फिल्मको प्रचारका लागि फिल्महरु पुगेकी पूजाले उनीहरुका प्रशंसकसँग पलको पक्षमा वकालत गर्दै आएकी छिन् । 

पूजा पलको पक्षमा देखिए पनि अभिनेत्रीहरु रेखा थापा, ऋचा शर्मालगायतले पलको विरोध गरेका छन्, नाबालिग र नेपाली किशोरीको संरक्षण हुने पर्ने वकालत गर्दै आएका छन् ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ७:५१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया