प्रचण्डप्रति असन्तुष्टि बढेका बेला नारायणकाजी र विप्लवबीच छलफल
फाइल तस्बिर

अमेरिकी सहायता परियोजना एमसिसी संसदबाट अनुमोदनपछि सत्ता साझेदार माओवादी केन्द्रभित्र विवाद चुलिएको छ । विशेषगरी नेता नारायणकाजी श्रेष्ठले तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टीबाट अलग भए रोक्न नसकिने’ अभिव्यक्ति दिएपछि उनीप्रति नारायणकाजी थप असन्तुष्ट भएका हुन् । 

प्रचण्डप्रतिको असन्तुष्टि चुलिएपछि नारायणकाजीले अरू दल र नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । आज बिहान मात्रै उनले आफ्नै निवासमा नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सँग भेट गरेका छन् ।

माओवादी विभाजनको हल्ला र एमसिसीप्रति असन्तुष्टहरू कार्यगत एकताको माग भइरहेको बेला नारायणकाजी र विप्लवबीचको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।   

संसदबाट एमसिसी पारित भएपछि प्रचण्डप्रति नारायणकाजी मात्र होइन गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, अञ्जना विशंखेलगायत पनि असन्तुष्ट छन् । एमसिसीकै कारण माओवादी विभाजनको संघारमा पुगेको पनि आवाज उठ्न थालेका छन् ।

असन्तुष्ट पक्षले पार्टी फुटाउन सक्ने भयले मंगलबार प्रचण्डले नारायणकाजीसँग छलफल पनि गरेका थिए ।     





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १०:४०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया