माओवादी केन्द्रले बोलायो केन्द्रीय समितिको बैठक

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादीले शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।  

बैठकका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले केन्द्रीय सदस्यहरूलाई एसएमएससमेत पठाइसकेका छन् ।  

आइतबार संसदबाट एमसिसी अनुमोदन भएपछि माओवादीभित्र तीव्र असन्तुष्टि चुलिएको छ । नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेललगायतले व्याख्यात्मक टिप्पणीमार्फत एमसिसी पास गर्ने निर्णयप्रति असन्तुष्टि जनाइरहेका छन् । 

बैठकमा पार्टीभित्रको चर्को असन्तुष्टि समाधान गर्नका लागि छलफल हुने बताइएको छ । साथै, केन्द्रीय समिति बैठकले बाँकी रहेका पदाधिकारी पनि चयन गर्ने सम्भावना छ । 





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ११:५८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया