साहित्यकार तथा पत्रकार बिके पाल्पालीकाे निधन

साहित्यकार तथा पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएकाे छ ।

पाल्पालीकाे गए राति आफ्नै निवास भक्तपुरकाे सिपाडाेलमा निधन भएकाे हाे ।

केही वर्षअगाडि दुवै मिग्राैलामा समस्या देखिएपछि उनले डायलासिस गराउँदै आएका थिए । पछिल्लाे पटक काेराेना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनकाे मृत्यु भएकाे उनकी श्रीमती रेणुका भट्टराईले जानकारी दिइन् ।

पाल्पालीकाे गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएकाे छ ।

२०३२ सालमा पाल्पामा जन्मेका पाल्पालीले हाइकु, कथा, कविता र गीत लेखेका छन् । साहित्यका साथसाथै उनी पत्रकारितामा पनि सक्रिय थिए ।

‍उनी पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत थिए ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १२:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया