बागमती प्रदेशसभाको बैठक फागुन २९ गतेका लागि आह्वान

बागमती प्रदेशसभाको बैठक फागुन २९ गतेका लागि आह्वान भएको छ । यसअघि फागुन १६ गते बस्ने भनिएको बागमती प्रदेशसभा सचिवालयको बैठक अनिश्चितकालको लागि स्थगित गरिएको थियो । 

विशेष कारणले सचिवालय बैठक रोकिएको भन्दै प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका थिए । विभिन्न कारण देखाउँदै पटक–पटक स्थगित गरिएको बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको हो । 

सभामुख सानुकुमार श्रेष्ठले यही फागुन २९ गते आइतबारका लागि बैठक आह्वान गरेका हुन् । दुई महिनाभन्दा लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक पुनः आह्वान भएको हो । 

प्रदेशसभा सचिवालयले बुधबार दिउँसो सूचना टाँसेर फागुन २९ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेको हो । यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

एमालेले सरकारसँग जवाफ माग्दै विभिन्न माग राखेर प्रदेशसभामा अवरोध सिर्जना गरिरहेको छ । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधसँगै पुस ८ गतेबाट प्रदेशसभाको बैठक स्थगित थियो ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार २१:२९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया