आजदेखि धनगढीमा नेपाली साहित्य महोत्सव
फरकधार / १९ फागुन, २०७८

कैलालीको धनगढीमा आजदेखि साहित्य महोत्सव सुरु हुँदैछ । साहित्य महोत्सव २१ फागुनमा सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने कार्यक्रम तय भएको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए । 



यसअघि २०७६ सालमा प्रथम विश्व नेपाली साहित्य महोत्सव सम्पन्न भएको थियो । त्यसयता कोरोनाका कारणले दुई वर्ष महोत्सव हुन सकेको थिएन ।

‘काली–कर्णाली क्षेत्रको गौरव गाथालाई आत्मसात गर्दै भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि हामीले प्रत्येक वर्ष महोत्सवको आयोजना गर्दै आएका छौँ,’ समाजका अध्यक्ष जोशीले भने, ‘गत वर्ष विश्वभरका नेपाली भाषी साहित्यकारको सहभागितामा राष्ट्रपतिले महोत्सवको उद्घाटन गर्नुभएको थियो । हामीले यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिन खोजेका हौँ । यस वर्ष प्रदेशका मुख्यमन्त्रीले साहित्य महोत्सवको उद्घाटन गर्नुहुनेछ ।’



महोत्सवमा सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने समाजका अध्यक्ष जोशीले बताए । यस वर्ष कोरोनाका कारणले देश भन्दा बाहिरका साहित्यकारहरू ल्याउन नसकेको र देशभित्रका कवि, लेखक, साहित्यकार, पत्रकार, कलाकार र बुद्धिजीवीलाई कार्यक्रममा आमन्त्रण गरिएको अध्यक्ष जोशीले बताए ।



प्रथम विश्व नेपाली साहित्य महोत्सव एक हप्ता सञ्चालन भए यस वर्ष भने कोभिडलाई मध्यनजर गर्दै तीन दिन सम्म मात्रै सञ्चालन हुने आयोजकले जनाएको छ । 

  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार ७:६:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया