रुसी सेनाले किभका बासिन्दालाई अन्यत्र जान दियाे अनुमति

रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य सहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । 

रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरुलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । 

‘सर्वसाधारणको आवादीका लागि रुसी सेनाबाट कुनै अवरोध हुनेछैन्’, मेजर जनरल कोनाशेन्कोभले रुसी समाचार संस्था रोसिया २४ लाई भने । 

किभ खाली गर्न रुसले गरेको यो दोस्रो प्रस्ताव हो । सोमबार जनरल कोनाशेन्कोभले सोही प्रस्ताव गर्दै भासिल्किभ खुला र सुरक्षित भएको बताएका थिए । तर, रुसी हमलापछि भासिल्किभमा गोलाबारी र हमला भएका विवरण सार्वजनिक भएका थिए ।

रुसी सेनाले राजधानी किभलाई बारम्बार निशाना बनाउँदै आएको छ । तर, युक्रेनी सेनाको प्रतिकारका कारण किभलाई नियन्त्रणमा लिने उसको प्रयास सफल हुन सकेको छैन । 

रुसी सेना दोस्रो पटक किभलाई हमला गरेको छ । रुसी सेनाका सयौं बख्तरबन्द किभतर्फ बढिरहेका विवरण सार्वजनिक भएका छन् । अमेरिकी सुरक्षा अधिकारीले रुसी सेनाले एक सातामै किभ ढल्ने प्रक्षेपण गरेका थिए ।
 





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार ९:३०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया