भारतीय विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको भन्ने रुसी विवरणहरुलाई दिल्लीले अस्वीकार गरेको छ । विद्यार्थीहरूलाई युक्रेनी सशस्त्र फौजले ‘मानव ढाल’ बनाएको र उनीहरूलाई रुसी भूमिमा जानबाट रोक्न हरेक उपाय गरिएको रुसले दाबी गरेको थियो ।
तर, बिहीबार सार्वजनिक भएको विज्ञप्तिमा भारतीय विदेश मन्त्रालयले युक्रेनमा ‘कुनै पनि विद्यार्थीलाई बन्धक बनाएको रिपोर्ट प्राप्त नभएको’ जनाएको छ ।
भारतीय विद्यार्थीलाई युक्रेनको दोस्रो ठूलो सहर खारकिभबाट बाहिर जान सहयोगको लागि विशेष रेलको व्यवस्था गर्न भारतले युक्रेनी अधिकारीहरूसँग सहयोग गरेको विज्ञप्तिमा जनाइएको छ ।
हजारौं भारतीय विद्यार्थी अझै पनि खारकिभमा अलपत्र परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।