जनकपुरधाममा आजदेखि ‘जनकपुर साहित्य महोत्सव’
फाइल फाेटाे

जनकपुरधाममा आजदेखि तीन दिवसीय जनकपुर साहित्य महोत्सव २०२२ सुरु हुँदैछ ।

नव मिथिला फाउण्डेसनको आयोजना र नबिल बैंकको प्रायोजनमा हुन लागेको साहित्य महोत्सवको उद्घाटन सत्र आज दिउँसो २ बजेदेखि जानकीमन्दिर परिसरमा हुनेछ ।

महोत्सवको यो तेस्रो संस्करण शनिबारसम्म चल्ने छ । 

२०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी १२ वटा ओपन-एयर प्यानल छलफल भइरहेको आयोजक समितिका संयोजक राकेशविक्रम साहले जानकारी दिए ।

जनकपुर साहित्य महोत्सवमा विधार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखकलगायतको सहभागिता रहने उनले बताए । 

महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरूको सहभागिता रहनेसमेत उनले जानकारी दिए ।



आजको कार्यक्रममा अतिथिको रूपमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेपाल पर्यटन बोर्डका सिइओ, उद्योगपति विनोद चौधरी, मधेस प्रदेसका मन्त्रीहरू, नबिल बैंकका कार्यकारी प्रमुख अनिल साहलगायत अन्य स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरका व्यक्तित्वहरूको सहभागिता रहने साहले जानकारी दिए ।

उनले साहित्यिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना भइरहेको महोत्सवमा देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहने जानकारी दिए ।



महोत्सवको पहिलो दिन आज चर्चित लेखक खगेन्द्र संग्रौलाको मधेस साहित्य र म भन्ने विषयमा एउटा सत्र पनि रहेको छ । त्यस्तै, भोलि र पर्सि पनि जानकी मन्दिर परिसरमै दिउँसो २ बजेदेखि कार्यक्रम सञ्चालन हुनेछ ।

महोत्सवमा ‘समाजमा विभेद’, ‘मधेसमा उद्यमी र मधेसको उद्योग’, ‘शिक्षाको संस्कार’, ‘स्थानीय विकास’, ‘महिला र राजनीति’, ‘कसको लोकतन्त्र, कस्तो लोकतन्त्र’, ‘मधेस एक अवसर’, ‘परिवर्तनको सिद्धान्त’, ‘मधेसमा साहित्य लेखन’ जस्ता अन्य विषयमा सत्रहरू सञ्चालन हुने आयोजकले जनाएको छ ।
 

  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १३:१३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया