के बायोपिक नगर्ने मुडमा छन् रणवीर ?

भारतीय अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ‘८३’ ले राम्रो व्यपार गर्न सकेन । 

हिन्दीसँगै तामिल, तेलुगुलगायतका भाषामा रिलिज भएको फिल्मले दर्शकको साथ पाएन । कवीर खानले निर्देशन गरेको फिल्ममा सन् १९८३ का भारतीय क्रिकेट टिमले जितेको विश्वकपको इभेन्टमा आधारित रहेर बनेको छ ।

भारतीय क्रिकेट टिमलाई कप्तान कपिल देवले विश्वकप जिताएका थिए । फिल्ममा रणवीरले कपिल देवको भूमिका निभाएका छन् भने दीपिकाले कपिल देवकी पत्नी रोमी भाटियाको भूमिका निभाएकी छिन् ।

पंकज त्रिपाठी फिल्ममा भारतीय त्रिकेट टिमका कोचको भूमिकामा देखिएका छन् । यीबाहेक फिल्ममा ताहिर राज भसीन, जीवा, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, दिनकर शर्मा, निशान्त दहिया, साहिल खट्टर, अम्मी विर्क, अदिनाथ कोठारे, धैर्य करवा आर बद्रीलगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मले राम्रो कमाइ नगरेपछि रणवीरले बायोपिक फिल्ममा काम नगर्ने सोच बनाएका छन् । उनलाई अफर भएको मेघना गुल्जारको एक बायोपिकसमेत उनले नकारेका छन् । 

यसबाहेक उनले अन्य बायोपिकको कथा सुन्नसमेत नचाहेको खबर भारतीय मिडियामा छ । रणवीरका एक नजिकका सदस्यले यसलाई प्रस्ट्याउँदै अब उनले बायोपिक फिल्म नगर्ने मनसाय बनाएको जनाए ।



‘रणवीरलाई पहिलोपटक कपिल देव लुक्समा देखाउँदा निकै चर्चा भयो । यद्यपि, फिल्म हलमा आउँदा त्यसको कमाल देखिएन । फिल्मलाई क्रिटिक्सले राम्रो भने तर दर्शक आएनन् । त्यसैले रणवीर निराश छन,’ ती सदस्यले भारतीय मिडियालाई प्रतिक्रिया दिएका छन् ।



  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १४:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया