नेपालसहित १४१ देशलाई युक्रेनका राष्ट्रपतिको धन्यवाद

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो समर्थन गर्ने नेपालसहित १४१ देशलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले संयुक्त राष्ट्रसंघको महासभामा रुसविरुद्ध प्रस्तावको समर्थन गर्ने देशहरुलाई धन्यवाद दिएका हुन् । 

राष्ट्रपति जेलेन्स्कीले बिहीबार भिडियो सन्देश जारी गर्दै नेपालसहितका मुलुकलाई धन्यवाद दिएका हुन् । रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्नेसम्बन्धी संयुक्त राष्ट्रसंघको आपतकालीन महासभामा युक्रेनले प्रस्तुत गरेको प्रस्तावका पक्षमा नेपालसहित १४१ राष्ट्रले मतदान गरेका थिए । 

संयुक्त राष्ट्रसंघमा रहेका १९३ सदस्य देशमध्ये नेपालसहित १४१ राष्ट्रले प्रस्तावका पक्षमा मत हाल्दै रुसले युक्रेनमा जारी राखेको हमला रोक्नुपर्ने माग गरेका छन् । 

बुधबार राति न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा भएको मतदानमा नेपालले पनि युक्रेनका पक्षमा मतदान गरेको थियो । 





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १८:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया