कसैले म पीडित हुँ भन्दा जिम्मेवार समाजले उसकै चरित्रमाथि प्रश्न उठाउनुहुँदैन : प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीले पनि पल शाह र एक गायिकाबीचको प्रकरणको विषयलाई लिएर टिप्पणी गरेकी छिन्। उनले ‘कसैले म पीडित हुँ भन्दा उसकै चरित्रमाथि प्रश्न उठाउनु जिम्मेवार समाजको काम हुन नसक्ने’ बताएकी छन्।

यसअघि अभिनेत्रीहरु रेखा थापा, ऋचा शर्मा, सञ्चिता लुइँटेल, लक्ष्मी बर्देबालगायतले पनि पीडित भनिएकी किशोरीको पक्षमा आवाज उठाएका थिए । 

बिहीबार कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दुःखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौं, जहाँ पीडितले ‘म पीडित हुँ’ भन्न मात्र पनि ठूलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी–बहिनीहरुको म भित्री आत्मादेखि नै कदर गर्दछु।’

आफू बाँचेको समाजमा कसैले आफू पीडित भएको भन्न पनि हिम्मत चाहिने भएकाले आवाज उठाउने हरेक पीडितलाई कदर गर्नुपर्ने कार्कीले सामाजिक सञ्जालमार्फत बताएकी छिन्। 





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार २२:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया