सिन्धुपाल्चोकमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महाेत्तरी बर्दिबास नगरपालिका-६ बस्ने १८ वर्षीय सहचालक राेहित आले रहेका छन्।
शुक्रबार बिहान चौतारा सागाँचोकगढी नगरपालिका-१२ खहरे केराबारीछापस्थित निर्माणाधीन मध्यपहाडी लाेकमार्गमा काम गर्ने क्रममा बा.२ क ६६१८ नम्बरको जेसिबी दुर्घटना हुँदा आलेकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।
माटाे भासिन जाँदा जेसिबी करिब एक सय मिटर तल खसेकाे थियाे । बाँके राप्तीसोनारी गाउँपालिका- ४ का २२ वर्षीय चालक प्रकाश चौधरीको अवस्था भने सामान्य रहेको छ।
प्रहरीले चालक चाैधरीलाई नियन्त्रणमा लिई घटनाकाे छानबिन गरिरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।