२ घण्टा पछि सर्‍यो माओवादीको केन्द्रीय समिति बैठक
फाइल फाेटाे

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दुई घन्टा पर सरेको छ । 

शुक्रबार बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बस्नेगरी सारिएको माओवादी संसदीय दलका नेता देव गुरुङले जानकारी दिए । 

बैठक दिउँसो १ बजेदेखि राष्ट्रियसभा गृहमा सुरु हुने नेता गुरुङले बताए । नेताहरू आन्तरिक छलफलमा रहेका कारण बैठक धकेलिएको हो । बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ । 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरूबीच खटपट भएको छ । 

नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् । 

शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पनि यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ । 





  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार ११:३१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया