ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट बालिकाको मृत्यु

ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । नम्बर नखुलेको स्कुटरले बिहीबार राति करिब ७ बजे ठक्कर दिँदा पैदल हिँडिरहेकी ६ वर्षिया अनुष्का जैसवालको मृत्यु भएको हो । 

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । 
 
बालिका रौतहट घर भई ललितपुरको बालकुमारीमा परिवारसँग बस्दै आएकी थिइन् ।   





  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १२:४९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया