पल प्रकरणमा दुर्गेशले दिए बयान

नाबालिगलाई बलात्कार गरेकाे आराेपमा तनहुँ प्रहरीकाे न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहकाे प्रकरणमा गायक दुर्गेश थापाले बयान दिएका छन् ।

दमाैलीस्थित जिल्ला प्रहरी कार्यालयमा उनले बयान दिएका हुन् । थापासँगै गायक सम्राट चाैलागाईंले पनि बयान दिएका छन् ।

पलका समर्थकले नाराबाजी गरिहेका बेलामा उनीहरूले बयान दिएका हुन् ।

नाबालिग गायिकाले पलविरुद्ध बलात्कारको जाहेरी दिएपछि पल गत आइतबार प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका थिए । 

प्रहरीले जिल्ला अदालत तनहुँबाट अनुमति लिई हिरासतमा राखी अनुसन्धान गरिरहेकाे छ।

अहिले कलाक्षेत्र दुई भागमा विभाजित भएकाे छ- पल शाह समर्थनमा र विपक्षमा । विभिन्न कलाकारहरूले पनि पक्ष विपक्षमा रही आफ्ना मत दिइरहेका छन् ।



यसरी पक्ष विपक्षमा विभिन्न अभिव्यक्ति निस्किँदा राष्ट्रिय मानवअधिकार आयाेगले आपत्ति जनाएकाे छ ।

आयोगले प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण गराएकाे हाे । 



आयाेगले गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने बताउँदै आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्ने र अनुसन्धान प्रक्रिया समेत प्रभावित हुने कार्य नगर्न सबैलाई आग्रह गरेको छ। 

  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १४:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया