माओवादी केन्द्रीय समिति बैठकमा यी एजेन्डामा हुँदैछ छलफल
तस्वीर : प्रचण्डको सचिवालय

अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदनपछि चर्किएको विवादकाबीच नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक नेताको आन्तरिक छलफलको कारण साढे दुई घण्टा ढिला गरी सुरु भएको हो । 

राष्ट्रियसभा गृहमा सुरु भएको बैठकका लागि ६ वटा एजेण्डा तय गरिएको छ । जसमध्य पहिलो नम्बरमा  श्रद्धाञ्जलि अर्पण गर्ने एजेन्डा तय गरिएको छ । त्यसपछि रिपोर्टिङ, एमसिसीलगायत विषयमा अध्यक्षबाट ब्रिफिङ, पोलिटब्युरो, स्थायी कमिटी, पदाधिकारी चयन, स्थानीय निर्वाचन र विधिमा शहीद रामवृक्ष यादवको शालिकबारे छलफल हुने बताइएको छ ।

एमसिसी अनुमोदनपछि असन्तुष्ट रहेका नारायणकाजी श्रेष्ठलगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् । अध्यक्ष प्रचण्डले असन्तुष्ट रहेका नेताहरूप्रति संकेत गर्दै आफ्नो बाटो लागे हुन्छ भनेपछि पार्टीमा विवाद उत्कर्षमा पुगेको छ ।

बैठकमा नेता श्रेष्ठ पनि सहभागी भएका छन् । बैठकमा यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको छ । यो समूहले बैठकमा राख्नका लागि छुट्टै दस्तावेज पनि तयार पारेको बताइएको छ ।





  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १४:४२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया