पल शाह प्रकरण : अनुसन्धान प्रभावित पार्नेगरी भिडियो राख्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी
फाइल तस्वीर

गम्भीर प्रकृतिका अपराधको अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले युट्युब, टिकटकलगायका सामाजिक सञ्जालमा भिडियो तथा फोटो अपलोड गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले आज एक सूचना जारी गर्दै प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा झूटा क्याप्सन राखेर भिडियो तथा तस्वीर अपलोड गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

समाजमा उत्तेजना एवं अफवाह फैल्याउने, सामाजिक सद्भाव खलल पुर्‍याउने, पीडितको गोपनीयताको हक हनन गर्दै सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका क्रियाकलाप गरे विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुने ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले जनाए ।

नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहको विषयलाई प्रहरीको अनुसन्धानलाई प्रभावित पार्ने गरी युट्युब र टिकटकमा भिडियो अपलोड भएपछि प्रहरीले सूचना जारी गरेर सचेत गराएको हो । पल अहिले तनहुँ प्रहरी हिरासतमा छन् । उक्त घटनामा  प्रहरीले अनुसन्धान गरिरहेको छ । यसै क्रममा प्रहरीले पह र नाबालिग गायिकासँग निकट रहेकाहरूसँग बयान लिएको छ ।






  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १५:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया