युट्युबरविरुद्ध रेखाले दिइन् साइबर ब्यूरोमा उजुरी

नायिका रेखा थापाले आफूलाई गालीगलौज गरेको भन्दै युट्युबरविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । नायिका थापाले विद्युतीय माध्यमबाट आफ्नो गाली बेइज्जती गरेको भन्दै युट्युबर शर्मिला बाइबाविरुद्ध उजुरी दिएकी हुन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले नायिका थापाले आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख उजुरी दिएको जनाएको छ । पल शाह प्रकरणमा आफ्नो टिप्पणी राखेपछि युट्युबरहरूले नायिका थापाविरुद्ध घृणा फैलाउने अभिव्यक्ति दिएका थिए ।

'२० वर्षमुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो । कोसँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन,' उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, 'समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।'

यस्तै, आज नै साइबर ब्यूरोले सामाजिक सञ्जालमा अनुसन्धानलाई प्रभावित पार्ने तरिकाले भिडियो/फोटो नराख्न र राखेमा कारबाही हुने चेतावनी समेत दिएको छ । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहको विषयमा प्रहरीको अनुसन्धानलाई प्रभावित पार्ने गरी युट्युब र टिकटकमा भिडियो अपलोड भएपछि प्रहरीले सूचना जारी गरेर विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुने चेतावनी दिएको हो ।

 






  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १६:१७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया