'द भ्वाइस किड्स’ को विजेता जेनिश उप्रेतीको आवाज रहेको ‘बाटो’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ ।
शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा बालगायक जेनिशकै वास्तविक कथालाई उतारिएको छ ।
गायक प्रमोद खरेल स्वयंको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा जेनिश र प्रमोदसँगै लक्ष्मी बर्देवा, जीवन वली, सुनील नेपाली, भानुभक्त ढकाल लगायतको अभिनय छ । भुपेन्द्र खड्काको शब्द रहेको गीतमा भानुभक्त ढकालको संगीत सुन्न सकिन्छ ।
गीत सार्वजनिक कार्यक्रममा गायक प्रमोद खरेलले जेनिशको वास्तविक कथालाई भिडियोमा उतार्नु चुनौतीपूर्ण रहेको बताए ।
भिडियोमा जेनिशको आमाको भूमिका निर्वाह गरेकी अभिनेत्री लक्ष्मी बर्देवाले चरित्रमा आफूलाई ढाल्नका लागि जेनिशले आमाको सम्झना गरेको भिडियो र जेनिशको आमाको फोटो हेरेर पहिरनमा ध्यान दिएको बताइन् । प्रमोद खरेलले भिडियोको कन्सेप्ट सुनाउँदा आफ्नो गहभरी आँशु भएको गायिका बर्देवाले बताइन ।
बालगायक जेनिशले भने भिडियोको छायांकनको बेला गाह्रो भएको स्मरण गरे । आफ्नो दिवंगत आमाको रोलमा लक्ष्मी बर्देवाले अभिनय गर्दा आफ्नै आमा जस्तो लागेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।